February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१४औँ लोकतन्त्र दिवस, भएन कुनै औपचारिक कार्यक्रम

April 23, 2020

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १४ वर्ष भएको छ । तदनुसार आज १४ औँ लोकतन्त्र दिवस । कोरोना संक्रमणको डर तथा लकडाउनका कारण देशभर कुनै पार्टी पंक्तिले औपचारिक रुपमा लोकतन्त्र दिवसमा कुनै पनि कार्यक्रम गरेको छैन । ०६२÷०६३ मा भएको १९ दिने ऐतिहासिक जनआन्दोलनको बलमा ११ वैशाख ०६३ मा मुलुकमा लोकतन्त्र स्थापना भएको थियो ।
तत्कालिन सात दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलन र माओवादी जनयुद्धको बलमा ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र शाहले संसद् पुनस्र्थापनासहित नागरिक अधिकार फिर्ता गरेका थिए ।
लोकतन्त्र स्थापना पछि ४ जेठ ०६३ मा बसेको पुनस्र्थापित प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन गर्ने लगायतका महत्वपूर्ण घोषणा गरेको थियो । जनआन्दोलन र जनयुद्धकै बलमा ०६४ चैत २८ गते मुलुकमा पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा नेपालबाट २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
तर, पहिलो संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभा निर्वाचनबाट गठन भएको संविधान सभाले ३ असोज ०७२ मा मुलुकमा नयाँ संविधान घोषणा गरेको थियो । ०७२ को संविधान अनुसार यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । त्यही संविधानअनुसार यतिबेला मुलुकमा तीन तहका सरकार क्रियाशील छन् ।

- ADVERTISEMENT -