२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

१४औँ लोकतन्त्र दिवस, भएन कुनै औपचारिक कार्यक्रम

प्रकाशित मिति : २०७७ बैशाख ११ गते

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १४ वर्ष भएको छ । तदनुसार आज १४ औँ लोकतन्त्र दिवस । कोरोना संक्रमणको डर तथा लकडाउनका कारण देशभर कुनै पार्टी पंक्तिले औपचारिक रुपमा लोकतन्त्र दिवसमा कुनै पनि कार्यक्रम गरेको छैन । ०६२÷०६३ मा भएको १९ दिने ऐतिहासिक जनआन्दोलनको बलमा ११ वैशाख ०६३ मा मुलुकमा लोकतन्त्र स्थापना भएको थियो ।
तत्कालिन सात दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलन र माओवादी जनयुद्धको बलमा ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र शाहले संसद् पुनस्र्थापनासहित नागरिक अधिकार फिर्ता गरेका थिए ।
लोकतन्त्र स्थापना पछि ४ जेठ ०६३ मा बसेको पुनस्र्थापित प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन गर्ने लगायतका महत्वपूर्ण घोषणा गरेको थियो । जनआन्दोलन र जनयुद्धकै बलमा ०६४ चैत २८ गते मुलुकमा पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा नेपालबाट २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
तर, पहिलो संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभा निर्वाचनबाट गठन भएको संविधान सभाले ३ असोज ०७२ मा मुलुकमा नयाँ संविधान घोषणा गरेको थियो । ०७२ को संविधान अनुसार यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । त्यही संविधानअनुसार यतिबेला मुलुकमा तीन तहका सरकार क्रियाशील छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61