२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

छोराको रिपोर्ट नेगेटिभ, आमाको पुनः पोजेटिभ

प्रकाशित मिति : २०७७ बैशाख १२ गते
- ADVERTISEMENT -

भरतपुर । भरतपुर अस्पतालमा उपचाररत राप्ती चितवनकी भाइरस संक्रमित महिलाको रिपोर्ट पुनः पोजेटिभ आएको छ । राप्तीकी ६३ वर्षीया कोरोना संक्रमित महिलाको रिपोर्ट पुनः पोजेटिभ आएको भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले बताएको हो ।
अस्पतालमा उपचार अर्का २७ वर्षीया पुरुषको भने दोस्रो रिपार्ट नेगेटिभ आएको सुपरीटेन्डेन्ट तिवारीले बताए । उनको परीक्षण अब पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने बताइएको छ । यी दुई आमा छोरा रहेको तथा छोराको रिपोर्ट भने नेगेटिभ आए पनि आमाको भने पोजेटिभ नै आएको सुपरीटेन्डेन्ट तिवारीले बताए ।

- ADVERTISEMENT -