२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टाँडीचोकमा आकाशे पुल निर्माण सुरु

प्रकाशित मिति : २०७७ बैशाख १८ गते

रत्ननगर/चितवन । रत्ननगर नगरपालिकाले टाँडी चोकमा आकाशे पुल निर्माण सुरु गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने टाँडीचोकमा २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने रत्ननगर नगरप्रमुख नारायण वनले जानकारी दिए ।
उक्त आकाशे पुलको शिलान्यास नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले संयुक्त रुपमा गरेका थिए ।
गत फागुन महिनामा सम्झौता गरिएको उक्त आकाशे पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको नगरप्रमुख वनले जानकारी दिए ।
प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशे पुल निर्माण हुने इन्जिनियर पंकज गिरीले जानकारी दिए । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशे पुल निर्माण सुरु गरेको हो ।
आकाशे पुल निर्माणको लागि २०७६ फागुन २ गते सम्झौता गरिएको र २०७७ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने बताइएको छ । आकाशे पुल चालु आर्थिक वर्षको महत्वपूर्ण आयोजना भएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख वनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94