काठमाडौं / सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने भएको छ ।
आज (बुधबार) एक सूचना जारी गर्दै भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनेको छ ।
- ADVERTISEMENT -

समितिले सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका २९ जनाको नामावली सार्वजनिक गरेको छ । जसमा सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुरलगायतका जिल्ला स्थायी ठेगाना भएकाहरू छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो ।
- ADVERTISEMENT -

मन्त्रालयले उनीहरुको नेपालभर कतै पनि घरजग्गा रहे–नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत जाँचबुझ गरिएको थियो । तर ती परिवारको नाममा कुनै पनि स्थानमा जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूको स्थायी ठेगाना भएका सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिस गरेको हो ।















































