२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

आइतबारबाट भरिएको सिलिन्डर

प्रकाशित मिति : २०७६ चैत्र २६ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि फूल सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । कोरोना तथा लकडाउनका कारण खाना पकाउने ग्यास अभाव भएपछि निगमले ग्यास कटौती गरी आधा मात्र बजारमा बिक्री वितरणमा ल्याएको थियो ।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पूरै भरिएको सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको हो । निगमले सबै ग्यास उद्योगीहरुलाई बिहीबारदेखि नै सिलिण्डरमा ग्यास भरि गर्न निर्देशन दिएको छ ।
ग्यासको माग कम भएपछि बजारमा आइतबारबाट पूरै भरिएको ग्यास आउने भएको हो ।

- ADVERTISEMENT -