२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

नेपालमा थप ३ सहित १२ कोरोना संक्रमित भेटिए. विश्वभर कोरोना संक्रमित १८ लाख नजिक

प्रकाशित मिति : २०७६ चैत्र ३० गते

काठमाडौं । नेपालमा आइतबार थप तीन जनामा कोरोना सक्रमण देखिएको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।
कोरोना संक्रमण ७ औं दिनसम्म नदेखिए पनि आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ ।
हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।
त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप पुष्टिका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।
यसअघि संक्रमण देखिएका ९ जनामध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले विश्वरभर १७ लाख ८४ हजार ३ सय ३५ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । त्यसैगरी कुल मृत्यु १ लाख ९ नौ हजार ६२ जनाको मृत्यु भएको छ भने ४ लाख ५ हजार ४३ जना निको भई घर फर्केका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएका छन् । कोरोनाबाट अमेरिकामा ५ लाख ३३ हजार १ सय १५ जना संक्रमण भएका छन् । संक्रमणबाट २० हजार ५ सय ८० जनाको मृत्यु भएको छ भने ३० हजार ५ सय २ जना उपचार पछि निको भएका छन् ।
यसैगरी दोस्रो प्रभावित देश स्पेन रहेको छ । संक्रमित १ लाख ६३ हजार २७ जना र मृत्यु १६ हजार ६ सय ६ जना रहेको छ । कोरोनामुक्त घर फर्केका ५९ हजार १ सय १ जना रहेका छन् । इटालीमा १ लाख ५२ हजार २ सय ७१ जनालाई संक्रमण भएको छ । कोरोनाबाट १९ हजार ४ सय ६८ जनाको ज्यान गएको छ भने ३२ हजार ५ सय ३४ जना निको भई घर फर्केका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96