Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एसइई तयारी तीव्र, मधेस प्रदेशमा ८७ हजार बढी विद्यार्थी सहभागी हुँदै

प्रकाशित मिति : २०८२ चैत्र ११ गते
File photo.

जनकपुरधाम / आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन व्यापक तयारी गरिएको निर्देशनालयले जनाएको छ । २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । साथै, सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।

जिल्लागत विवरणअनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार २७६ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीका १६२ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, सिरहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट ९ हजार ७७७, बाराबाट १० हजार ८१३ तथा पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

निर्देशनालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएकोमा यस वर्ष एक हजार २६७ जना कम भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91