२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’ सम्पन्न

प्रकाशित मिति : २०८२ चैत्र २४ गते

चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा रोबोटिक्स तथा आधुनिक प्रविधिप्रति विद्यार्थी र अभिभावकको चासो अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ओपन हाउस २०८२’ मंगलबार सकिएको छ । आइतबारदेखि सुरु भएको ‘ओपन हाउस’को पहिलो दिन विद्यालयको कक्षा ११ का विद्यार्थीहरू सहभागी थिए भने सोमबार र मंगलबार छिमेकी विद्यालयका विद्यार्थी र तिनका अभिभावक तथा विद्यालयमा ‘भिजिट’ आएका सर्वसाधारणले अवलोकन गरेका थिए ।

बालबालिकामा वैज्ञानिक सोच, सिर्जनात्मकता तथा समस्या समाधान गर्ने क्षमताको विकास गराउने उद्देश्यले आयोजना गरिएको यस ‘ओपन हाउस’ले पछिल्लो समय विश्वव्यापीरूपमा तीव्र गतिले विकास भइरहेको रोबोटिक्स प्रविधिबारे अभिभावक र विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराउने र त्यसप्रति आकर्षण बढाउने मुख्य उद्देश्य रहेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
‘ओपन हाउस’ कार्यक्रममा सहभागीहरूले रोबोटहरूको निर्माण प्रक्रिया र तिनीहरूको कामबारे प्रत्यक्ष अवलोकन गर्न ‘लाइभ रोबोट प्रदर्शन’मार्फत नवीनतम प्रविधिको प्रयोग र त्यसको कार्यप्रणाली बुझ्न तथा प्रत्यक्ष सहभागी भई अभ्यास गर्नका लागि ‘ह्याण्ड्स–अन ट्राइ जोन’मा विद्यार्थीहरू स्वयं सहभागी भई रोबोट सञ्चालन गरी प्रयोगात्मक सिकाइको अनुभव हासिल गर्ने अवसर पाएको प्राचार्य पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

दक्ष प्रशिक्षक तथा विशेषज्ञहरूबाट मार्गदर्शन गरिएको यस कार्यक्रममा सहभागीहरूले रोबोटिक्स सिकाइको संरचित मार्गबारे जानकारी लिनुका साथै आगामी दिनमा आवश्यक पर्ने सीपहरू विकास गर्ने सम्भावना र यसको क्षेत्रबारे बुझ्ने मौका पाएको बताइएको छ । बालबालिकामा प्रविधिमैत्री सोच विकास गर्न मद्दत पु¥याउन कार्यक्रम फलदायी हुने १०ं२ को कम्प्युटर ‘हेड अफ डिपार्टमेन्ट’ ई। तेज अर्यालले जानकारी दिए । ‘अभिभावकहरूका लागि पनि कार्यक्रम उपयोगी भएको छ, आफ्ना बालबालिकालाई आगामी दिनमा कुन प्रकारको सीपतर्फ उन्मुख गराउने भन्ने विषयमा स्पष्ट धारणा बनाउन कार्यक्रमले सहयोग पु¥याएको छ,’ उनले भने, आइएनजी ग्रुप रोबो नेपालसँगको सहकार्यमा शैक्षिक सत्र २०८३ मा चितवनमै पहिलोपटक कक्षा १ देखि १० सम्म नै रोबोटिक्स सम्बन्धी कक्षाहरू र क्रियाकलाप सञ्चालन गरिनेछ ।’

समयअनुकूल शिक्षा प्रदान गर्दै बालबालिकालाई व्यवहारिक, सिर्जनशील र आत्मनिर्भर बनाउन विभिन्न नवप्रवर्तनशील कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको चितनको ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत अभिभावकीय भूमिका निर्वाह गर्दै ‘ओपन हाउस २०८२’ आयोजना गरेको हो ।े ‘ओपन हाउस’मा अभिभावक तथा विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी भई रोबोटिक्सको संसार नजिकबाट अनुभूति गरेको र विद्यालयले कार्यक्रमबाट बालबालिकाको भविष्यका लागि आवश्यक सीप सिकाइमा सहयोग पुगेको अपेक्षा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85