भरतपुर, चितवन । नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल संयोजकत्वको टोलीले चितवन शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । आज (बिहीबार) प्रेस युनियन चितवनकै कार्यालयमा पुगेर चितवन शाखालाई मास्क, सेनिटाइजर, प्रेस लेखिएको ज्याकेट प्रदान गरिएको छ । युनियनका सल्लाहकार लम्साल र केन्द्रीय सचिव खिला कार्कीको समन्वय र पत्रकार महासंघका, पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको अगुवाईमा युनियन चितवनका अनिल ढकाललाई उक्त सामग्री प्रदान गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै युनियनका केन्द्रीय सल्लाहकार लम्सालले सूचना संकलनका क्रममा पत्रकार पनि उत्तिकै कोरोनाको जोखिममा रहेकाले अहिलेको आवश्यकतालाई बुझेर स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘महामारीको अवस्थामा देशभरका पत्रकार साथीहरुको अवस्था बुझ्न हामी निस्किएका हौं,’ नवलपुरहुँदै, चितवनदेखि उदयपुर सम्मको यात्रामा निस्किएका छौं, स्वास्थ्य सामग्री सहयोग गर्नेछौं ।’ देशभरका पत्रकारको लागि जुनुसुकै समस्या परे पनि आफूहरु समाधान गर्न अग्रसर हुने लम्सालको भनाई थियो ।
सो क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लागि जस्तो सुकै परिस्थितिमा पत्रकार अघि बढ्नु पर्ने भएकोले स्वास्थ्य सामाग्रीको अभावमा जनतालाई सुसुचित हुनुपर्ने अधिकारलाई वञ्चित गर्न नहुने बताए । युनियनका केन्द्रीय सचिव कार्कीले पत्रकारको मनोबल बढाउनका लागि आफूहरुले सकेको सहयोग गरेको बताए ।
स्वास्थ्य सामग्री बुझ्दै युनियन चितवनका अध्यक्ष ढकालले यो स्वास्थ्य सामग्री अहिलेको परिस्थितिमा अत्यावश्यक रहेकोले केन्द्रबाट आएको सहयोगप्रति आभार व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारी, वरिष्ठ पत्रकार इश्वरकुमार जोशीलगायतको उपस्थिति रहेको भएको थियो ।
- ADVERTISEMENT -

नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













