२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

अष्ट्रेलियाबाट खाद्यान्न तथा रकम सहयोग

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते
- ADVERTISEMENT -

ठिमुरा, चितवन । चितवनको ठिमुरास्थित एकता नेपाल संस्थालाई अष्ट्रेलियामा रहेका युवाहरुले भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेका ३२ जना विपन्न तथा सुकुम्बासी महिलाहरूलाई खाद्यान्न तथा रकम सहयोग गरेका छन् ।
विश्व नै कोरोना भाइरसको जोखिममा परेका बेला थोरै भए पनि सहयोग पुगोस् भन्ने धारणाले उनीहरुले अष्ट्रेलियाबाट सहयोग गरेको सहजकर्ता दिपक थापाले बताए ।
नेपालमा रहेकी दिलुकुमारी नेपाल मार्फत् खाद्यान्न सामग्री (चामल, दाल, नुन, तेल, सेनिटाइजर, माक्स र ग्लोव्स) संस्थाकी सञ्चालक तथा संस्थापक अध्यक्ष शान्ता घलेलाई हस्तान्तरण गरेकी हुन् ।
अध्यक्ष घलेका अनुसार अष्ट्रेलियाबाट जुदिश किरण, सुमन अधिकारी, दिपक आचार्य, कमल लामिछाने, बिपुल ज्ञवाली, कृष्ण कडेंल, छवि सापकोटा, देवल भण्डारी, डि.बि थापा, प्रकाश पौडेल, एस के गौतम, प्रमिला न्यौपाने, भिम बिसुराल, गोबिन्द पाठक, बिबिन मिश्रलगायतले एकमुष्ठ ४५ हजार रुपैयाँ सहयोग गरेको बताइन् ।

- ADVERTISEMENT -