June 14, 2024

जेठ ३२ सम्म लकडाउन, अन्तर्राष्ट्रिय उडान असार १६ गतेसम्म बन्द

May 31, 2020

काठमाडौँ । सरकारद्वारा जारी लकडाउन जेठ ३२ गतेसम्म थप गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शनिबार साँझ लकडाउन १२ दिन थप गरी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते सकिँदै थियो । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको उनको भनाइ छ ।
मन्त्री खतिवडाका अनुसार परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्नेछ ।
यस्तैगरी सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -