मकवानपुर । सुन्दर नेपाल सरसफाइ अभियानको समन्वयमा आराधना मण्डली काठमाडौँले बिहीबार खाद्यान्न सहयोग गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना माहामारीको रोकथामका लागि सरकारद्वारा गरी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न विकट गाउँ धिराङका ६५ चेपाङ विपन्न परिवारलाई मण्डलीले खाद्यान्न सामग्री वितरण गरेको हो ।
उक्त सहयोगमा मण्डलीद्वारा प्रति परिवार एक बोरा चामल, २ केजी नुन र २ पोका तेल प्रदान गरिएको छ ।
राहत वितरणमा राक्सिराङ गाउँपालिका ७ का वडा अध्यक्ष कुलबहादुर प्रजा, सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय संयोजक एवं एन.सि.एफ नेपालका केन्द्रीय सचिव वीरबहादुर तामाङ, एनसिएफ नेपाल बागमती प्रदेशका संयोजक तारासिं गुरुङ, पत्रकार साथै अन्य समाजसेवी व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

धिराङका विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













