२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन मेडिकल कलेजले दियो आईसोलेसनका लागि शैया

प्रकाशित मिति : २०७७ असार ५ गते

भरतपुर, चितवन / चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आईसोलेसनका लागि १० थान शैया उपलब्ध गराएको छ । कलेजले रु ७ लाखमा खरिद गरेर ती शैया नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलव्ध गराएका शैया आईसोलेसनमा राखिएको छ । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासन समेत दिएको ढकालले जानकारी दिए ।
हाल माडीको आईसोलेसनमा ७ जना कोरोना संक्रमित रहेका छन् । क्वारेन्टिनमा २ सय ५६ जना छन् । संक्रमण देखिएपछि आफ्नै आईसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एक मात्र नगरपालिका हो । आईसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि ७ जनालाई भरतपुर अस्पताल पठाइएको थियो ।
ढकालले अब दुई शैयाको भेन्टिलेटर सहित सघन उपचार कक्ष माडीमानै स्थापना गरिने बताए । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले कोरोनाको संक्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताए । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा २० शैयापछि फिर्ता गर्ने गरी कलेजले दिएको छ ।
यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० शैया उपलव्ध गराईएको उहाँले जानकारी दिनुभयो । भरतपुर कोभिड १९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राबिधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत रहेका छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु ५ करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको समेत जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09