काठमाडौं । नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए ।
त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । निको हुनेमा १८६ पुरुष र ८ महिला छन् । यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

संक्रमित थप ४२१ पुष्टि, नाघ्यो ९ हजार
June 21, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
