२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एसइईका उत्कृष्ट विद्यार्थीलाई करिब लाख बराबरको पुरस्कार

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते
File photo.

बेनी / माध्यमिक शिक्षा परीक्षा ९एसइर्ई० मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु एक लाख २० हजार पुरस्कार वितरण गरिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने सात जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने तीन जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना र दृष्टिविहिन दुई जनालाई नगद पुरस्कार प्रदान गरिएको हो ।

शाहीले यस वर्ष ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही रु १० हजार र ए ग्रेड ल्याउने १४ जना तथा दुई दृष्टिबिहीन गरी १६ जनालाई जनही रु पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उनले पुरस्कार वितरण गर्दै आएका छन् । उनले चार जिपिए ल्याउने विद्यार्थीलाई जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए ।

मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगङ्गा माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो ।

पिप्लेमा आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, रघुगङ्गा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरण गरे ।

सोही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगङ्गा माविमा स्थापना गर्नुभएको रु ६ लाख ११ हजार राशिको देवबहादुर शाही अक्षयकोषबाट रघुगङ्गा माविका सबै कक्षाका विद्यार्थीलाई विभिन्न विधातर्फ पुरस्कृत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58