–विवेक भण्डारी
नवलपुर । लकडाउन केही खुकुलो भएपछि अहिले नवलपरका स्थानीय तहमा बाटो निर्माण र अन्य भौतिक विकासहरु धमाधम सुरु हुन थालेका छन् । सधैको वर्षजस्तै यो वर्ष पनि नवलपुरका स्थानीय तहमा अरु महिनाको तुलनामा असारे विकासमा बढी जोड दिइ विकास निर्माणका कामहरु सुरु गरिएको छ ।
लकडाउनका कारण अघि बढ्न नसकेको विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने भन्दै स्थानीय तह असार मसान्तसम्म विकासका योजनाहरु सक्ने दौडमा लागेका छन् । सरकारले लकडाउनका समयमा अत्यावश्यक वस्तुहरु सञ्चालन हुन दिने निर्णय गरेसँगै विकास निर्माणका कामहरु पनि सुरु गरिएको स्थानीय तहहरुले बताएका छन ।
जिल्लामा रहेका आठ स्थानीय तहरुले भौतिक निर्माण तथा सडकको काम सुरु गरेका छन् । विकास निर्माणका काम जारी रहँदा कोरोना प्रभावले स्थगित भएका विकास निर्माणका काम अन्र्तगत सडक संजाल, खानेपानी, भवन निर्माण रहेका छन् । स्थानीय तहरुले विकासका कामहरु कार्यपालिकाको बैठक बसेर योजना तयार बनाइ असार मसान्तसम्म सबै विकास सक्ने गरी काम गरिरहेका छन् । सुरक्षित रुपमा विकास निर्माणका कामहरु सञ्चालन गर्ने निर्णय भएसँगै विकास निर्माण कामहरु सुरु गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।
अहिले जिल्लामा करिव ११ दशमलव ३–४ प्रतिशत कामहरु सडक निर्माणको रहेको, ६ प्रतिशत भवन निर्माण रहेका छन् । ती विकास निर्माण कामहरु अवधि कुनै जेठ मसान्तसम्म रहेका छन् भने कुनै असार मसान्तसम्म काम सम्पन्न गरेर बजेट फर्छौट गर्नु पर्ने कारण पनि विकास निर्माणका कामहरु तीव्र रुपमा गरिरहेका हुन् । स्थानीय तहले अधुरो छाडेको विकास निर्माण कामहरु पुनः सुरु हुँदा स्थानीयहरुमा उत्साह र चिन्ता दुवै देखिएको छ ।
स्थानीयका अनुसार लकडाउनले अधुरो रहेको विकास निर्माणका कामहरु एकातर्फ सम्पन्न भएको छ भने अर्कोतिर वर्षायाममा हतारहतारमा गरिएको विकास निर्माणको काम टिकाउ नहुनेमा चिन्ता रहेको स्थानीय बताउँछन् । विकासले गति लिनु नराम्रो होइन । तर विकासका लागि बनाइएका सडक तथा भवनहरु टिकाउ र दीर्घकालीन हुनुपर्नेमा बढी जोड दिनु आवश्यक छ । बजेट फ्रिज हुने डरले हतारमा गरिने विकासका कामहरुले तत्कालका लागि फाइदा पु¥याए पनि भविष्य भने औचित्य हिन नहोला भन्न सकिँदैन ।
स्थानीय तहमा असारे विकासको होडले काम गुणस्तरहीन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













