भरतपुर, चितवन । भरतपुर गोन्द्राङमा रहेको ढाट अन्ततः सारिने निर्णय भएको छ । यसले पूर्वी चितवनवासीलाई राहत मिलेको रत्ननगर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । संघका अध्यक्ष राजाराम रेग्मीले पत्रकार सम्मेलनमा लामो समयदेखिको संघर्षपश्चात् यो सफलता मिलेको उनको भनाइ छ ।
धेरै वर्षदेखि पूर्वी चितवनवासीले साबिक रत्ननगर ९ र ८ हाल ९ र १० वडास्थित टिकौली गेटमा सडक वोर्ड नेपालद्वारा राखिएको र पछि भरतपुर महानगरपालिका वडा नं १२ मा सारिएको गोन्द्राङ ढाटबाट चर्चित टोलवुथलाई लिएर धेरै वर्षदेखि संघर्ष गरिरहेका थियौँ र हाल आएर सफल भएको उनको भने ।
उनले विगतमा पनि पटकपटक उक्त टोलबुथका कारण धेरै पीडा यातना सहनु परेको र धेरै पटक जनताले स्वतःस्फूर्तरुपमा आन्दोलन गरी हटाउने काम गरे पनि प्रहरी प्रशासनका जबर्जस्ती उपस्थितिका कारणले पुनः स्थापित हुँदै आएको बताए ।
रेग्मीले २०७६ साल जेठ १ गते रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय चितवनमा एक ज्ञापनपत्र दिई उक्त टोलबुथका कारणले एउटै जिल्ला भए पनि सामान्य आवतजावत मात्र हैन उपचारका लागि अस्पताल जाने बिरामी, समाजिक रीतिअनुसार घाटमा जाने मलामीमात्र नभई नागरिकता बनाउन जाने आमजनता या जिल्लामा आफ्ना कामले जाने सबै जनताले कर बुझाउनु पर्दा अत्यन्त पीडा महसुस भएकाले उक्त टोलबुथ सडक वोर्ड नेपालको नीतिअनुरुप जिल्लाको शून्य विन्दुमा राखियोस् भनेर ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले ०७६ साल जेठ ३ गते नेकपाका तत्कालीन महासचिव स्व.मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख स्व. जीवराज आश्रितको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित दासढुंगा स्मृति दिवस मनाएर फर्कने क्रममा उक्त टोलबुथ रहेको स्थानमा मानिस जम्मा भएर सवाल(जवाफ गरिरहेको अवस्थामा आफूहरु पनि त्यहाँ आइपुगेको र केही समयमा अज्ञात व्यक्तिले पेट्रोल छर्किएर कर संकलन केन्द्रको कर्मचारी रहने घुम्तीमा आगो लगाउने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएपछि असामान्य स्थिति उत्पन्न भएको बताए ।कर संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले सोही घटनामा संलग्न रहेको भनी रत्ननगरका कुलप्रसाद लामिछाने, विजय खनाल, विष्णु लम्साल, विष्णु ढुंगाना, गोकर्ण गिरी र खैरहनी नगरपालिकाका सरोज तिमल्सेना, राप्ती नगरपालिकाका खिलराज घिमिरे, रामचन्द्र पाठक र उवासंघका अध्यक्ष राजाराम रेग्मीसहित नौ जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
रेग्मीले सो घटनालाई आधार मानेर कहीँ नभएको नियमलाई प्रयोग गरी ५४ हजारदेखि ६२ हजारसम्म जनही धरौटी लिई मुद्दा चलाउने काम भयो र प्रत्यक्ष अप्रत्यक्ष प्रहरी प्रशासनबाट धरपकड निकै भएको भन्दै दुःख व्यक्त गरे ।
रेग्मीले सबै न्यायप्रेमी जनताको अथक प्रयासमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका जनप्रनितिधिहरु, संघसंस्था, सामाजिक अगुवा मूलत पूर्वी क्षेत्रका व्यवसायीहरुको निरन्तर दबाबले उक्त टोलबुथ (हेटौँडा–नारायणगढ खण्डको) मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वार्ड नं. ६ स्थित लोथरमा राख्ने सडक वोर्ड नेपालको यही असार ४ गतेको १५० औँ बैठकले निर्णय गरेको भन्दै जनताको निरन्तर आवाजलाई सडक वोर्ड नेपालले सम्बोधन गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रदेशसभा सांसद् कृष्ण खनालले आफ्नै जिल्लाबाट आफ्नै जिल्लामा जाँदा तिर्नुपर्ने करको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । उनले गत वर्षको जेठ ३ गते भएको गोन्द्राङको ढाटको घटनामा निर्दोषलाई अनाहकमा तनाव दिएको भन्दै दुःख व्यक्त गरे । सो घटनामा उनको समेत संलग्नता रहेको भन्दै तस्बिर सार्वजनिक भएको थियो ।
उनले रत्ननगर उवासंघको अथक प्रयासबाट यो सम्भव भएको भन्दै यस्ता रचनात्मक र जनतालाई राहत हुने काममा आफू सधैँ साथमा रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा उवासंघका उपाध्यक्ष रघुनाथ भट्ट तथा वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए ।
- ADVERTISEMENT -

गोन्द्राङको ढाट अन्ततः सारिने भए मनहरीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68











