–अमिर रामदाम
चितवन । संयुक्त दलित संघर्ष समिति चितवनले रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीय विभेदकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । संयुक्त दलित संघर्ष समिति चितवनको एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले विभत्सपूर्ण ढङ्गबाट भएकोले कसैको दबाबमा नपरि निष्पक्ष रूपमा आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्न संसदीय विशेष छानविन समितिलाई सुझाव दिएको छ ।
सदस्यहरूमा अधिवक्ता दीपक भट्टराई, अधिवक्ता गोपिलाल देवकोटा, विश्वकर्मा सेवा समिति चितवनका उपाध्यक्ष प्रेमकुमार विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति चितवनका सदस्य सचिव यमबहादुर विश्वकर्मा, नेपाल दलित संघ केन्द्रीय सदस्य विपेन्द्र रामुदामु, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य खेमबहादुर दर्जी, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य चक्र रुचाल, नेपाल दलित साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानका केन्द्रीय संयोजक एवम् दलित अधिकारकर्मी रणेन्द्र बरालीको नेतृत्वमा रहेको अध्ययन समितिले शुक्रबार जिल्ला समन्वय समिति चितवनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।
अध्ययन समितिले घटनाको मूख्य योजनाकार वडा अध्यक्ष डम्बरबहादुर मल्ल रहेको निष्कर्ष निकालेको छ । सोती घटना नेपालको इतिहासमा ठूलो र जघन्य अपराध हो । बाहिरी आवरणमा निकै तामझामका साथ मुद्दा दर्ता गरिएता पनि मुद्दालाई बलियो बनाउने कागजात र पीडकको योजनाबद्ध अस्वीकारोक्तीले मुद्दाको फैसला प्रतिकुल हुनसक्ने अंशका पैदा भएको अध्ययन समितिले निष्कर्ष निकालेको छ । पीडित पक्षको न्यायका निम्ति पहल गर्ने सवालमा नेकपा जिल्ला कमिटि रूकुम पश्चिम एवम् केन्द्रीय नेतृत्व मौन बस्नु र दोषीहरूलाई राजनैतिक संरक्षण दिनु नै दलित समुदाय माथिको अपहेलना रहेको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा संघका अध्यक्ष रामदामले दलित समुदायको न्यायका लागि एकिकृत आन्दोलन बाहेक विकल्प नरहेको बताएका छन् । उनले अधिकार प्राप्तिका लागि टुक्रे आन्दोलन गर्न नहुने तर्क गरेका छन् । सञ्चार माध्यमहरुले कुनै पनि विषय र तथ्यलाई बङ्ग्याउनु नहुने उनले बताएका छन् । न्यायका निम्ति भइरहेको विभेद विरूद्धको यो आन्दोलनमा अझ कलमका माध्यमबाट शसक्त रूपमा आवाज उठाउन रामदामले सम्पूर्ण मिडियाकर्मीहरुलाई आग्रह गरेका छन् ।
सोही क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले आवाज विहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा पत्रकारिता भएकोले हामीले जे कुरा हो, स्पष्ट सत्य तथ्य सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।’ आफूहरु पत्रकारमात्रै नभएर गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएको उनले सुनाए । चौरजहारीमा भएको विभत्सपूर्ण घटना मानव सभ्यताकै एउटा दुःखद् घटना हो र उक्त घटना क्षमा हुन नसक्ने उनले तर्क व्यक्त गरेका छन् ।
कार्यक्रममा संयुक्त दलित संघर्ष समिति चितवनका सदस्य सचिव एवम् अध्ययन टोलीका सदस्य यमबहादुर विश्वकर्माले ‘यो जातीय विभेदकै कारण सामुहिक हत्या भएको हो र मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।’ निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको बताएका छन् ।
कार्यक्रममा नेपाल बार एशोसियन चितवनका पूर्व अध्यक्ष एवम् घटना अध्ययन टोलीका सदस्य अधिवक्ता गोपिलाल देवकोटाले घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा घटाइएको घटना भएको बताएका छन् । अधिवक्ता देवकोटाले घटनाको मुख्य जड अन्तरजातीय प्रेम सम्बन्ध रहेको बताएका छन् । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्यामा परिणत भएको उनले तर्क गरेका छन् ।
त्यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवम् अध्ययन टोलीका सदस्य खेमबहादुर दर्जीले न्याय मर्न खोज्दैछ, त्यसैले राजनैतिक पृष्ठभूमि भन्दा माथि रहेर अझ शसक्त रूपमा आन्दोलन गर्नुपर्ने बताएका छन् । नेपाल दलित संघ चितवनका पूर्व अध्यक्ष मिनबहादुर विश्वकर्माले यो घट्नामा नियोजित रुपमा र भौतिक रुपमा प्रत्यक्ष संलग्न दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिएका छन् ।
- ADVERTISEMENT -

जातीय विभेदले निम्त्यायो रूकुम घटना : संयुक्त दलित संघर्ष समिति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












