काठमाडौं । नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए ।
मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका एक दर्जन विज्ञ छलफलमा सहभागी थिए । एफएओ थाइल्यान्डको संयोजनमा तत्कालै उक्त परामर्श बैठक गरिएको मन्त्रालयले जनाएको छ ।
सलह भेटिएको क्षेत्रमा विषादी प्रयोग गरेर किरा नष्ट गर्न मन्त्रालयले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय थालिएको जनाएको छ ।
मन्त्रालयले सबै कृषि प्राविधिकलाई किराको आफ्नो क्षेत्रको बाटो र अवस्था पहिल्याउन परिचालन गराईसकेको जनाएको छ । केन्द्र सरकारको नेतृत्व र समन्वयमा प्रदेश र स्थानीय तहलाई सतर्कता अपनाउन र सञ्चार समन्वयमा रहन निर्देशन दिइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सलह नियन्त्रणबारे नेपाली विज्ञले पाकिस्तानी वैज्ञानिकसँग लिए परामर्श
June 27, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
