२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

आन्दोलनको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ : इष्टु

प्रकाशित मिति : २०७७ असार १७ गते

भरतपुर, चितवन / संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले चितवनका अधिकांश संस्थागत विद्यालयहरुले विभिन्न बहानाबाजीमा अघिल्लो शैक्षिक सत्र फागुन, चैत्र महिनाको तलब भुक्तानी नगरेको आरोप लगाएका छन् ।
लकडाउनको अवधिमा पनि शिक्षक, कर्मचारीहरु अनलाइन तथा भर्चुअल कक्षा संचालन गर्ने, एसईईको आन्तरिक मूल्याकंन तयार पार्ने जस्ता कामहरु गरी विद्यालयसँग निरन्तर जोडिइ रहे पनि तलब नपाएको इष्टुका अध्यक्ष जनकराज घिमिरेले बुधबार प्रेस सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलन बोल्दै इष्टुका अध्यक्ष घिमिरेले शिक्षक कर्मचारीहरुलाई अघिल्लो शैक्षिक सत्रको तलब भुक्तानी गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरे । उनका अनुसार जिल्लामा रहेका करिब १६५ वटा निजी विद्यालयमा ८० प्रतिशतले शिक्षक कर्मचारीको तलब सुविधा पाएको छैन ।
‘भुक्तानी नगर्ने विद्यालयहरुलाई सम्बन्धित पक्षसँग अनुरोध गरेका छौं’ उनले भने, ‘भुक्तानी नभए सशक्त संघर्ष समितिको परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले व्यहोर्नुपर्छ ।’
विद्यालय सञ्चालकले कुनै पनि शिक्षक कर्मचारीसँग तलबको विषयमा सोधपुछ समेत गरेको छैन उनले भने । अभिभावकबाट शुल्क लिने नलिने विषय हाम्रो सम्बन्ध नभएको र सम्बन्धित पक्षले तलब भुक्तानी गर्नुपर्ने हाम्रो अडान भएको पनि उनको भनाइ थियो । विद्यालय सञ्चालकहरूले परिस्थिति अनुसार नाफा वा घाटा दुबैको सामना गर्नपर्छ उनले थपे ।
कुनै पनि निजी विद्यालयले दुई महिना घाटामा जाँदैमा शिक्षक कर्मचारीलाई तलब दिन सक्दैन भने त्यस्ता विद्यालय बन्द गरिनु पर्ने निजी विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिका उपाध्यक्ष केशवराज पाठकले बताए । उनले भने ६ महिनासम्मको सेवा सुविधा कुनै पनि कर्मचारीलाई रोक्न पाइँदैन ।
विद्यालयमा कम्तीमा पनि न्यूनतम पारिश्रमिकको व्यवस्था गरिनु पर्छ, यसको व्यवस्थापनको लागि राज्यले पनि व्यवस्थापन गर्नुपर्ने उनले बताए । राज्यले पनि समाजको लागि आवश्यक नभएको विद्यालयलाई खारेज गर्नुपर्ने र निजी विद्यालयका कर्मचारी सरह तलब दिइनु पर्ने उनको जिकिर थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36