२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

सुन पसल चोरी गर्ने तीनजना पक्राउ, १२ तोला सुन बरामद

प्रकाशित मिति : २०७७ असार १९ गते

नवलपुर । नवलपरासी पूर्व गैडाकोटमा सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गैडाकोट नगरपालिका ५ स्थित मोनिका सुनचाँदी पसल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । गत फागुन १८ गते विहान २ः २० बजे उमेश गहतराजले संचालन गरेको सुनचाँदी पसल चोरी भएको थियो । पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका वडा न १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने २४ बर्षिय अनुज लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ८ बस्ने २८ बर्षिय तिर्थ बहादुर रुम्बा र काभ्रे धुलिखेल नगरपालिका घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडानम्व ८ बस्ने ४० बर्षिय जीतबहादुर तामाङ रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी कार्यालय गैडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो । अभियुक्तहरुकोे साथबाट १२ तोला ५ प्वाइन्ट सुन, ६ थान मोवाइल, सेफ लकर १ थान,स्कुटर १ थान र ठेला बरामद गरिएको छ । साथै चोरी गर्ने प्रयोग भएका औजारहरु समेत प्रहरीले बरामद गरेको छ । पसल संचालकले ६९ तोला ५ लाल सुन तथा १ किलो चाँदीका गरगहना र नगद ७ लाख रहेको सेफ लकर चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । थप गरगहना र चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । प्रहरी टोलीले प्रविधिको माध्यामबाट चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो । पक्राउ परेकाहरु विरुद्ध डाँका चोरी मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73