२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

नेपालमा थप २३२, पुगे १५ हजार ४९१ जना संक्रमित

प्रकाशित मिति : २०७७ असार २० गते
- ADVERTISEMENT -

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार ४१५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । हालसम्म देशका सबै जिल्लामा संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -