२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

गोरखा कोरोना संक्रमितको १३ घण्टापछि शव व्यवस्थापन

प्रकाशित मिति : २०७७ असार २१ गते
- ADVERTISEMENT -

गोरखा । गोरखाको कोरोना संक्रमितको १३ घण्टा पछि शव व्यवस्थापन भएको छ । शुक्रबार कोरोना भाईरस पोजेटिभ देखिएका पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो ।
पुरुषको शवलाई शहिद लखन गाउँपालिका वडा नंं. १ स्थित अबुवा दोभानमा खाल्डो खनेर पुरिएको छ । बिहान ५ः०५ बजे देहत्याग गरेका उनलाई १३ घण्टा पछि साँझ ६ बजेर १० मिनेटमा खाल्डोमा पुरिएको हो ।
सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीयहरु भेला भएर शव गाड्न नदिने भन्दै विरोध गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ७ सेल असुल ग्याँस प्रहार गरेको थियो । परम्परागत घाटमा नै शवको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

- ADVERTISEMENT -