January 13, 2025
- ADVERTISEMENT -

आजदेखि वर्षकै सबैभन्दा बढी पानी पर्ने – मौसमविद

July 9, 2020
Rain drops falling from a black umbrella concept for bad weather, winter or protection

काठमाडौं / मौसमविदहरुले आजदेखि २८ गतेसम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको हो ।
प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको छ र यसले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार धेरै पानी पर्दा पहाडी क्षेत्रका साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । लामो वर्षला गलेका कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने उल्लेख गरिएको छ ।
खासगरी प्रदेश १ र प्रदेश २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विशेष आग्रह गरिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -