२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिरियाको युफ्रेटिस नदीमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते

एजेन्सी / सिरियाको उत्तरी र पूर्वी क्षेत्रमा बग्ने युफ्रेटिस नदीमा पानीको सतह असामान्य रूपमा बढेपछि रक्का र देइर अल–जोर प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन् ।

विगत १५ वर्षयताकै उच्च जलस्तरका कारण आएको बाढीले सर्वसाधारणको आवास, कृषि भूमि र पूर्वाधारमा गम्भीर संकट उत्पन्न गराएको छ । नदीको माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव तीव्र रूपमा बढेपछि सिरियाली अधिकारीहरूले युफ्रेटिस बाँधका थप ढोकाहरू ९स्पिलवे० खोल्ने निर्णय गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अधिकारीहरूकाअनुसार नदीमा पानीको प्रवाह प्रतिसेकेन्ड २ हजार घनमिटरसम्म पुगेको छ, जुन सन् २००९ यताकै उच्च स्तर हो । युफ्रेटिस बाँध प्रतिष्ठानका महानिर्देशक हैथम बाकुरकाअनुसार टर्कीका अधिकारीहरूले ठूलो मात्रामा पानीको बहाव आउन सक्ने चेतावनी दिएपछि बाँध क्षेत्रमा पूर्ण संकटकाल घोषणा गरिएको थियो ।

वर्षौँको गृहयुद्ध र कमजोर व्यवस्थापनका कारण नदीको प्राकृतिक बहाव क्षेत्रमा भएका अतिक्रमण, अनधिकृत निर्माण र अस्थायी पुलहरूले बाढीको जोखिमलाई थप बढाएको प्राविधिकहरूको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

रक्का नजिकैको अल–सावाफी क्षेत्रमा सडक र कृषि फार्महरू पूर्ण रूपमा डुबानमा परेका छन् । स्थानीय बासिन्दा अब्दुल हाय अल–तायाहले सडकहरू जलमग्न भएको र आवतजावतका लागि डुङ्गाको मात्र सहारा रहेको बताउँदै धेरै परिवारहरू बालबालिका र गाई वस्तुसहित सुरक्षित स्थानमा सरेको जानकारी दिए ।

त्यस्तै, रक्काको पुरानो पुल नजिकै बासिन्दाहरूले विद्युतीय ट्रान्सफर्मर र घरहरूलाई थप क्षति हुनबाट जोगाउन माटोको अस्थायी बाँध निर्माण गरिरहेका छन् । स्थानीयहरूले बाढीको दूषित पानीका कारण स्वास्थ्य समस्या र महामारी फैलन सक्ने त्राससमेत व्यक्त गरेका छन् ।

मुस्लिमहरूको महान् चाड इदुल अधा (बकरीद) को समयमा आएको यस प्राकृतिक विपत्तिले उत्सव मनाउनुपर्ने परिवारहरूलाई विस्थापित र चिन्तित बनाएको छ ।

आपत्कालीन तथा विपद् व्यवस्थापन मन्त्री राएद अल–सालेहका अनुसार देइर अल–जोर प्रान्तमा मात्र करिब ५ हजार डुनम (१,२३५ एकड) कृषि जमिन डुबानमा परेको छ । यसबाट करिब २ हजार ४ सय परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि बाढीले ठूलो मात्रामा बालीनाली नष्ट गरेको छ । लामो समयदेखि युद्ध, विस्थापन र आर्थिक संकट झेल्दै आएका सिरियाली नागरिकका लागि युफ्रेटिस नदीको यो भीषण बाढी अर्को ठूलो चुनौती बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09