२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका ५ जनामा कोरोना देखियो, संक्रमित नाघे १०० बढी

प्रकाशित मिति : २०७७ असार २८ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा आज (आइतबार) पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नंं.५, १५, १६ र २४ का एक २७ वर्षीया महिला र ३६ देखि ४३ वर्ष उमेर समूहका चार जना पुरुष रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।
आज संक्रमण पुष्टि भएसंगै चितवनमा कुल संक्रमितको संख्या एक सय नाघेको छ ।
हालसम्म सबैभन्दा भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन् भने इच्छाकामना गाउँपालिकामा अझैसम्म पनि संक्रमित फेला परेको छैन ।
भरतपुर प्रयोगशालामा शनिबार १२९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -