July 22, 2024

करको दायरा बाहिर रत्ननगरका ६० प्रतिशत व्यवसायी

July 21, 2020

रत्ननगर । रत्ननगर नगरपालिकामा बजार क्षेत्रका ६० प्रतिशत साना व्यवसायी करको दायरा भन्दा बाहिर रहेको पाइएको छ । बहुमत व्यवसायीहरु करको दायरा भन्दा बाहिर रहेका कारण सो नगरपालिकाले हरेक आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन ।
व्यवसायीहरु करको दायर भन्दा बाहिर रहेकै कारण सो नगरपालिकाले गत आर्थिक बर्षमा ५० प्रतिशत राजश्व गुमाउनु परेको छ । आर्थिक बर्ष २०७६/७७ मा १२ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको सो नगरपालिकाले असार मसान्तसम्म ६ करोड ३४ लाख रुपैया मात्र राजश्व संकलन गरेको पाइएको छ ।
मेयर नारायण वनले गत आर्थिक बर्षमा राजश्व कम संकलन भएका कारण विकास निर्माणमा असर परेको बताउदै चालु आर्थिक बर्षमा कर संकलनलाई अर्थपूर्ण बनाउने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -