२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

‘संसदमा अविश्वासको मत प्रस्ताव हुन सक्छ’

प्रकाशित मिति : २०७७ श्रावण ७ गते

मकवानपुर । विश्वव्यापी महामारी रोग कोभिड १९ कोरोनाको कारण सरकारले गरेको लामो लकडाउन खुलेपछि बाग्मती प्रदेशका संसद एवम् नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्य ओमबहादुर घलानले स्थानीय पार्टी नेता कार्यकर्ताहरुसँग सामुहिक भेटघाट कार्यक्रम थालेका छन् ।
लकडाउनको अवधिमा स्थानीय सरोकारवाला र नेता कार्यकर्ताहरुसँग प्रत्यक्ष भेटघाट नभएको अवस्थामा घलानले अब सबै ठाउँमा भेटघाट कार्यक्रम मार्फत जनता तथा स्थानीय नेता कार्यकर्ताहरुसँग साक्षात्कार अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा पश्चिम मकवानपुरको चर्चित परेवा भिरको बाटोको बारेमा जनताले प्रश्न र गुनासो राखेपछि घलानले कुनै लक्ष्य र उद्देश्य नभएको व्यक्तिको पन्जाभित्र प्रदेश सरकार गठन भएकोले सिमान्तकृत भुगोलमा बसोबास गर्ने जनताको पीडा ओझेलमा परिरहेको बताउनुभयो ।
मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा प्रदेश सरकार चलिरहे बाग्मती प्रदेशमा नेकपाले आगामी चुनावमा लज्जास्पद हारको नतिजा व्यहोर्नु पर्ने उहाँले बताउनुभयो । त्यसको विकल्प खोज्नको लागि संसदमा अविश्वासको मत समेत प्रस्तावित हुन सक्ने उहाँको भनाइ छ ।
आफूहरुले प्रस्ताव गरेको बाटो हामीलाई गुटकै आँखाले हेरेकोले परेवाभिरमा बजेट नपरेको आशंका ब्यक्त गर्दै गुटगत दृष्टिकोणले जनता हिँड्ने बाटो अवरुद्ध गर्न नहुने संसद घलानले बताउनु भयो ।
लकडाउन खुलेपछि भेटघाट कार्यक्रमको संयोजन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राक्सिराङ्ग गाउँपालिकाका ईन्चार्ज बनस्तम थिङ्गले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11