May 18, 2024

खाद्य उद्योगमा चोरी

July 23, 2020

टाँडी । पूर्वी चितवनको रत्ननगरपालिका वडा नं. ३ मा रहेको तेजरत्न फुड प्रोडक्टमा गए राति चोरी भएको छ । उक्त घटनाको अहिले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिए ।
प्रोडक्टका प्रोप्राइटर राम विनय गुप्ताअनुसार खाद्यान्न तथा रकमसहित लाखौँको चोरी भएको छ ।
उद्योगले २०७१ सालदेखि कोसेली ब्रान्ड अन्तर्गत विभिन्न खाद्य सामाग्रीहरु चिजबल, दालमोठलगायत उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -