सामान्यतया सुकमेल भनेपछि यसलाई नचिन्ने हामी कोही पनि छैनौ । सुकमेल दुध बन्ने परिकार, मासुका परिकारहरुमा यसको प्रयोग बढी भएको पाइन्छ । यसरी हामीले प्रयोग गर्दैगर्दा धेरैलाई यसको गुण तथा फाइदाहरुको बारेमा ज्ञान नहुन पनि सक्छ ।
यसको प्रयोग आम मानिसले विशेषगरी भोजनहरुमा मिठो स्वादका लागि प्रयोग गरेको पाइन्छ । तर हामी सबैले यो बाहेक यसको अरु फाइदाहरु यसको के हो भन्ने ज्ञान हुन पनि जरुरी छ । यसको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक पनि छ । यसको अधिक प्रयोग स्वास्थ्यको लागि जोखिम पनि हुन हुन्छ ।
सुकमेलका अधिक फाइदाहरु पनि छन् । ठीकसँग मात्रा पु¥याएर खाएमा स्वास्थ्यका लागि हितकर छ । हामीले प्रतिदिन दुई, तीन वटा सुकमेल सेवन गरेमा स्वास्थ्यको लागि ज्यादै लाभदायी हुन्छ । सुकमेल सेवनले यस्ता विभिन्न किसिमका फाइदाहरु छन् :-
मुटुको धड्कनमा सुधार :
आजकल मुटुको रोग सामान्य भएको छ । प्रायः मानिसहरूको मुटुको धड्कन कम हुन्छ । मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ । सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो। सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।
फोक्सोको समस्यालाई हटाउछ :
सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ । आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ । जसले शरीरको लागि गर्मी दिन्छ । त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ ।
रक्तचाप नियन्त्रण गर्छ :
सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ ।
यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ ।
मुखको गन्ध हटाउन :
सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउँछ । यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ ।
कब्जियतबाट राहत :
तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ। यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।
वैवाहिक जीवनलाई सुखी बनाउन :
सुकुमेलको सेवन गर्नाले तपाइको सेक्स लाइफ अर्थात् यौन जीवनलाई पनि राम्रो हुन्छ। प्रत्येक दिन सुकुमेलको प्रयोग गर्नाले तपाईँको यौन जीवन सही रहन्छ र तपाईँको जिवन साथी पनि सधैँ खुशी हुन्छिन्। नपुंसकतामा पनि सुकुमेलको प्रयोग गर्नु फाइदा हुन्छ।
उल्टी हुने समस्यामा राहत :
लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकुमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ ।
घाँटी दुख्ने समस्या :
मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस् । यसले दुखाइबाट राहत दिन्छ ।
सुकमेल एक फाइदा अनेक : सुकमेल खाँदा स्वास्थ्यमा हुने फाइदाहरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












