May 18, 2024

पहिरो पन्छाए पछि एकतर्फि सडक संञ्चालन

July 24, 2020

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फि सडक संञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज बिहान ४ः२० वजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः १० वजेबाट सडक संञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहिबार राति ८ः४५ वजे पनि पहिरो खसेको थियो ।
राति खसेको पहिरो पन्छाएर एकतर्फि सवारी संञ्चालन भएको केही समयमानै फेरी पहिरो खसेर सडक अबरुद्ध भएको थियो । सडक एकतर्फि संञ्चालनमा आए संगै रोकीएका सवारीहरु गन्तव्य तर्फ लागेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -