निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकारहरुलाई क्षमता अभिवृद्धि ३ दिने तालिम सुरु

प्रकाशित मिति : २०७७ श्रावण १४ गते
- ADVERTISEMENT -

चितवन / चितवनका युवा पत्रकारहरुको लागि ‘ भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ ।
मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन शत्रमा नेपालस्थित अमेरिकी दाजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचनाहरु फैलने खतरा रहेको बताउनु भयो । वहाँले भन्नुभयो, ‘ कहिलेकाही ब्रेकिङ समाचार दिने नाममा महत्वपूर्ण सूचनाहरु छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेसा पनि भएकोले पेसालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथाम सम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।’ उहाँले गलत सूचनाको रोकथामले पत्रकारिता क्षेत्रलाई थप जवाफदेही र विश्वसनीय बनाउने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘समाजको सुधार र प्रजातन्त्रलाई बलियो बनाउन पनि पत्रकारिता तथ्यमा आधारित हुनुपर्छ ।’
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताउनु भयो । यो तालिम पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दे मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उहाँको विचार थियो ।
त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासकी सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरु विश्वास गर्ने बताउनु भयो । प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउनमा तालिम सहयोगी हुने उहाँको विश्वास थियो । ‘कहिले जानीजानी त कहिले यथार्थ नबुझेर तथ्यलाई बङ्ग्याउने गरिएको छ जसले पत्रकारिताप्रतिको विश्वसनियता घट्ने गर्छ’ सूचना विज्ञ मरासिनीले भन्नुभयो ।
आजको तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचिबारे प्रशिक्षण दिनुभयो । भोलि बिहीबार हुने तालिममा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिनुहुन्छ । त्यसैगरी तेस्रो दिन शुक्रबार हुने तालिममा फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मिडिया एक्सनकी प्रियंका झाले सहजीकरण गरेको तालिमको संयोजन मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48