२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

राप्ती नगरपालिकालाई हातधुने मेसिन हस्तान्तरण

प्रकाशित मिति : २०७७ श्रावण १७ गते
- ADVERTISEMENT -

राप्ती । पुर्वी चितवन राप्ती नगरपालिकालाई सेमी अटोमेटिक हात धुने मेसिन सहयोग प्राप्त भएको छ । उक्त हात धुने मेसिन लायन्स क्लब अफ वीरेन्द्रनगर र लियो क्लब अफ वीरेन्द्रनगरको संयुक्तरुपमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
राप्ती नगरपालिकाका उपप्रमुख इमान सिंह लामा र प्रशासकीय अधिकृत गंगाराम भुसाल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख प्रभा बराललाई उक्त हात धुने मेसिन हस्तान्तरण गरिएको लायन्स क्लब वीरेन्द्रगरका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमख बरालले लायन्स र लियो क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा पनि समाजप्रति अझ जिम्मेवारीपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिनुभयो । आफ्नो जनताको स्वास्थ्यलाई ख्याल गरी सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिनुको साथै आफू र आफ्नो नगरपालिकालाई केही गर्छु भन्ने जो कोहीलाई पनि साथ र सहयोग गर्न कुनै पनि कन्ज्युस्याई नगर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

- ADVERTISEMENT -