मुग्लिन / चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक पुनः सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
यसैबीच पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको हो । दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यसअघि बिहीबार पनि सोही ठाउँ पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएका थिए । रासस
अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फ सञ्चालन
August 1, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
