२०८३ भाद्र २६, शुक्रबार
September 11, 2026
२०८३ भाद्र २६, शुक्रबार
September 11, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज कुशे र्औंशी अर्थात् बाबुको मुख हेर्ने दिन

प्रकाशित मिति : २०८३ भाद्र २६ गते
Sketch

काठमाडौं / कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको भीड लागेको हो ।

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । यसै दिन वर्षभरि धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औँसी भनिन्छ । धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ ।

- ADVERTISEMENT -

Advertisement

गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रीय मान्यता छ ।

बौद्ध धर्मावलम्बीले पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताए । उनका अनुसार यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरे दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ ।

गोकर्णेश्वरमा कुशे औँसीका दिन मेला लाग्ने भएकाले भाद्र कृष्ण औँसीलाई ‘गोकर्णे औँसी’ समेत भन्ने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
177.32
178.02
UK Pound Sterling
1
206.53
207.34
Swiss Franc
1
188.06
188.80
Australian Dollar
1
109.89
110.32
Canadian Dollar
1
110.37
110.80
Singapore Dollar
1
120.47
120.94
Japanese Yen
10
9.92
9.96
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.81
41.98
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.35
11.40
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.72
23.81
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
497.02
498.97
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.86
397.42