चितवन । राप्ती नगरपालिका वडा नम्बर १ मा जंगली हातीले घर भत्काई दिएको छ । शुक्रबार राति नयाँ बस्ती जङ्गल टोलको अमरबहादुर चेपाङ्गको घर भत्काई दिएको हो । चेपाङका अनुसार राप्ती चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले घर पूर्ण रुपमा नष्ट गरिदिएको छ ।
उक्त समयमा घरमा उनकी श्रीमती दिलमाया चेपाङ्गसहित अमरबहादुर मात्र थिए । हात्तीले सो क्षेत्रको केही स्थानीयको धानबालीमा समेत क्षति पुर्याएको छ ।
हात्तीले घर भत्काएपछि राप्ती नगरपालिकाका उपप्रमुख इमान सिङ लामा, राप्ती ४ का वडाअध्यक्ष शमशेर लामालगायत चेपाङ्गको घर पुगेका हामी राहतको लागि पहल गर्ने बताए ।
घटनाको क्षतिपुर्ति निकुञ्जले दिनुपर्ने र जंगली जनावरको जोखिम नियन्त्रणका लागि काम गर्नुपर्ने उपप्रमुख लामाले बताए । निकुञ्जले घर नबनाए आफ्नो ब्यक्तिगत खर्चमै चेपाङ्ग दम्पतिको घर बनाइदिनेसमेत उनको भनाइ थियो ।
हात्तीले भत्कायो अमरबहादुर चेपाङको घर
August 1, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
