March 19, 2025
- ADVERTISEMENT -

‘६० वर्षमाथि र १२ वर्षमुनिका घरबाट बाहिर ननिस्कनु’

August 2, 2020

काठमाण्डौं / ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयकाको आग्रह गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ तथा काठमाण्डौ जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताउनुभयो ।

- ADVERTISEMENT -