२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

भेला र बैठक नगर्न जिप्रकाको कडा निर्देशन

प्रकाशित मिति : २०७७ श्रावण १९ गते
- ADVERTISEMENT -

चितवन / जिल्लामा कुनै पनि भेला र बैठक नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले कडा निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्देशन दिएको हो। जिल्लामा केही सहकारीले साधारण सभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाहरुले बैठक भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ ।
निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले सूचनामा दिएको छ । प्रशासनले सूचनाको बोधार्थ चितवनका सात वटै स्थानीय तह, जिल्ला सहकारी संघ, शिक्षा विकास तथा समन्वय इकाइ र विभिन्न संघसंस्थालाई पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।

- ADVERTISEMENT -