२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

शैक्षिक गतिविधि सञ्चालन नगर्न निर्देशन

प्रकाशित मिति : २०७७ श्रावण २० गते
- ADVERTISEMENT -

–प्रीति तामाङ
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सम्पूर्ण विद्यालयहरुलाई शैक्षिक गतिविधि एवं पठनपाठन कार्य अविलम्ब रोक्न निर्देशन दिएको छ ।
जिल्लाका केही विद्यालयहरुले सिकाई केन्द्र स्थापना गरी पठनपाठन कार्य सञ्चालन गरेको जनाउँदै प्रशासन कार्यालयले रोक्न निर्देशन दिएको हो ।
आदेशको अवज्ञा गरी शैक्षिक गतिविधि सञ्चालन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी समेत कार्यालयले दिएको छ ।
सरकारले देशमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले विद्यालयहरुलाई शिक्षण संस्था सञ्चालन र पठनपाठन नगर्न र नगराउन गत साउन ५ गते नै निर्देशन दिएको थियो ।

- ADVERTISEMENT -