२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

थप २५९ कोरोना संक्रमण, २१ हजार नाघ्यो सङ्क्रमित

प्रकाशित मिति : २०७७ श्रावण २० गते
- ADVERTISEMENT -

काठमाण्डौं / नेपालमा गएको २४ घण्टामा थप दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै कुल सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धि प्रेस ब्रिफिङको क्रममा जानकारी दिएको छ ।
यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ५८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले पाँच हजार नौ सय २५ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार चार सय ५२ जना क्वरेण्टीनमा छन् ।

- ADVERTISEMENT -