गोरखा / शुक्रबार सम्पन्न कोरोना क्राइसिस म्यानेज्मेण्ट सेण्टर, जिल्ला स्तरीय कमाण्डपोष्ट, जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय तहका प्रमुखहरु सहितको बैठकले गोरखाको विद्यालयमा रहेका क्वारेण्टिन तत्कालका लागि नहटाइने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढिरहेको र गाउँघरका घरहरु होमक्वारेण्टीन बनाउन मिल्ने खालको नभएको तथा बाहिरबाट आउनेलाई समुदायले पनि सहजै स्वीकार गर्न नसक्ने अबस्था रहेकाले अर्को सूचना नभएसम्मका लागि विद्यालयमा निर्माण भएका क्वारेण्टाइन स्थल यथावत नै राख्ने निर्णय भएको प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिनुभयो ।
गोरखा क्याम्पसमा सञ्चालन भइरहेको ७६ शैयाको आइसोलेशन अबदेखि गोरखा अस्पतालले नै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले सबै पालिकाले १० शैयाको आइसोलेशन निर्माण गर्ने निर्णय दोस्रो पटक शुक्रबार पनि गरेको छ । लक्षण नदेखिएका संक्रमितलाई सोही आइसोलेशनमा राखेर जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा रेखदेख गर्ने र लक्षण देखिएका बिरामीलाई स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा गोरखा अस्पतालमा उपचार गर्ने निर्णय शुक्रबारको बैठकले गरेको छ ।
त्यस्तै अस्पताल ल्याउनु पर्ने संक्रमितको एम्बुलेन्स खर्च सम्बन्धित पालिकाले गर्ने पनि निर्णय भएको छ। केहीदिन अघिको बाढी र पहिरोले पु¥याएको क्षतिको विवरण कतिपय स्थानीय तहले जिल्ला विपत व्यवस्थापन समितिमा उपलब्ध गराउन ढिलाइ भएकाले यथासीघ्र क्षतिको विवरण तयार गरी विपत व्यवस्थापन समितिलाई बुझाउने पनि निर्णय भएको छ। –इच्छाकामना न्यूजबाट ।
क्वारेण्टिन तत्काल नहटाइने निर्णय – प्रमुखहरु
August 8, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -