काठमाण्डौ / नेपालमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक–एक जना गरी चार जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
महोत्तरीको मटिहानी नगरपालिका ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरीअछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

थप ४ को मृत्यु, मृतक सङ्ख्या कोरोनाबाट ९५ पुग्यो
August 13, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
