January 14, 2025
- ADVERTISEMENT -

३८ देशमा २९३ जना नेपालीको कोरोनाले मृत्यु

August 17, 2020

चितवन / विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालसहित विश्वका ३८ देशमा २९३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -