२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

प्रकाशित मिति : २०७७ भाद्र ३ गते
sf7df8f}F, # ebf} M /fi6«slj dfwjk|;fb l3ld/]sf] kfly{j z/L/df bfualQ lb+b} 5f]/fx? . /fi6«slj l3ld/] !)! jif{sf] pd]/df ;f]daf/ ;fFem %M%% ah] cfkmg} lgjf; sf7df8f}Fsf] n}rrf}/df lgwg ePsf] xf] . :j= l3ld/]sf] >LdtL, b'O{ 5f]/f / ^ 5f]/L 5g . t:jL/ M /Tg >]i7, /f;; .
- ADVERTISEMENT -

काठमाडौँ / दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो । यसअघि उहाँको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -