चितवन / चितवन जिल्लामा ४२ जना होम आईसोलेसनमा रहेका छन् । अहिले रहेका संक्रमित १ सय ६५ जना मध्ये उनीहरु होम आईसोलेसनमा रहेका छन् । अन्य निको भएर घर फर्किसकेका छन् । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या २८० पुगेको छ । हिजो बुधबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८० पुगेको हो ।
पछिल्लो केही दिनयता चितवनमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । संक्रमित २८० जना मध्य ११३ जना निको भएर घर फर्किसकेका छन् । यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
जेष्ठ २७ गते चितवनमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक भरतपुर ११ का ६८ बर्षीय पुरुषको मृत्यु भएको थियो । यस्तै आज बिहान पुर्वी चितवनको खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कहाँ कती संक्रमित ?
चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या १४८ पुगिसकेको छ । भरतपुरपछि राप्ती नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । राप्तीमा अहिलेसम्म ६२ जनामा कोरोना देखिएको छ ।
उता माडी नगरपालिकामा अहिलेसम्म ४१ जनामा कोरोना देखिएको छ । बिगत केही दिनयता माडीमा नयाँ संक्रमित भेटिएका छैनन् ।
खैरहनी नगरपालिकामा १२, रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा एक जनामा कोरोना देखिएको पौडेलले बताए । यस्तै जिल्लाभर अहिलेसम्म ३० जना स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
१६५ सक्रिय
जिल्लामा कोरोना पुष्टि भएका २८० जना मध्य ११३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । अहिले जिल्लाभर १६५ जनामा कोरोना सक्रिय रहेको छ । सक्रिय १६५ जना मध्य ४२ जना होम आसोलेसनमा रहेका छन् । ५४ जनाको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा एक, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५, नारायणी सामुदायिक अस्पतालमा ५, सेन्ट्रल अस्पतालमा ५, श्री पुष्पाञ्जली अस्पतालमा एक, चितवन मेडिकल कलेजमा ४ र संस्थागत आइसोलेसनमा ४८ जना रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा ४२ जना होम आईसोलेसनमा, ११३ जना निको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














