चितवन / जताततै प्रयोग भएको मास्क फालिएको देखिन्छ । मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा संक्रमण फैलन सक्ने बिज्ञहरु बताउँछन् । मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ ।
कोरोना संक्रमण संगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफु र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा अरु वढि खतरा हुन सक्ने देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी मास्क प्रयोग र बिसर्जन राम्रो नभएको वताउनुहुन्छ । मास्क प्रयोगको वानी परिनसकेकाले नाक देखि चिउँडो सम्म टपक्क ढाकेर मास्क लगाउनु पर्नेमा त्यस्तो कम देखिने गरेको उहाँको भनाई छ ।
तिवारीले भन्नुभयो “कतिपयले वोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” वोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसले मुखबाट थुकको छिटा निस्काल्ने उहाँको भनाई छ ।
मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाब छ । मास्कको वाहिरी भाग अझ बढि संक्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य संक्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तीको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने तिवारीले वताउनुहुन्छ ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरी मास्क जति वढी प्रयोग ग¥यो त्यतीनै मास्कमा संक्रमण हुने बताउनु हुन्छ । यसको उचित व्यवस्थापन हुन नसकेमा संक्रमण फैलन सक्ने उहाँको भनाई छ । मास्क खोल्दा र लगाउनु अघि हात पूर्ण रुपमा सेनिटाईज ९निर्मलिकरण० वा साबुन पानीले धुनु पर्दछ ।
अग्रहरीले भन्नुभयो “मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टबिनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रोगरी पोको पारेर घर वाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उहाँले सुझाब दिनुभयो ।
मास्कमा किटाणु ३÷४ दिन सम्म रहने उहाँको भनाई छ । नेपाल चिकित्सक संघ चितवनका सह सचिब समेत रहनु भएका अग्रहरी मास्क जथाभावी फाल्दा संक्रमण फैलने वताउनुहुन्छ ।
खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगाएतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर संक्रमण फैलन सक्ने, जलचरहरु प्रभाबित हुन सक्ने उहाँको भनाई छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समय सम्म बस्छ । उहाँका अनुसार ४÷५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु पर्दछ ।
माटोमा २/४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ । अहीले मानिसले दैनिक रुपमा सर्जीकल र एन ९५ मास्क प्रयोग गर्ने गरेको पाईन्छ । सर्जीकल एक पटक प्रयोग गर्न उहाँको सुझाब छ । एन ९५ मास्क भने चार वटा किनेर चार दिन विराएर प्रयोग गर्न सकीने अग्रहरी वताउनुहुन्छ । उहाँका अनुसार यो माक्स तीन देखि पाँच पटक लगाउन सकीन्छ । उहाँले आम नागरीकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा ध्यान दिएमा संक्रमण फैलनबाट धेरै हद सम्म बच्न सकीने वताउनुभयो । -हल्कारो समाचारबाट ।
- ADVERTISEMENT -

‘मास्कको उचित प्रयोग र विसर्जन जथाभावी खतरनाक’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












