June 20, 2024

चारकिलोमा सुख्खा पहिरो, सडक अवरुद्ध

August 22, 2020
File photo.

चितवन / नारायणगढ–मुग्लिनसडकको चार किलोमा सुख्खा पहिरो खसेको छ । आज विहान २ बजेको समयमा इच्छाकामना गाँउपालिका ४ स्थित ३ नम्वर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो हटाउने काम भइरहेको छ । पहिरो पन्छाउन २/३ घण्टा लाग्ने उहाँले बताउनुभयो । यसबर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढि पटक पहिरो खसेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -