भरतपुर / भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती महिला भदौ ८ गते अस्पताल भर्ना भएकी र शल्यक्रियाबाट जुम्ल्याहा छोरा जन्माएकी भरतपुर अस्पतालका प्रसूति चिकित्सक डा रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी ती गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हाल आमा र छोराको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको डा.सापकोटाले बताउनुभयो ।
आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए ।
भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए । भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो ।
कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जन्माइन् जुम्ल्याहा
August 29, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
