काठमाडौं / कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् । छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ ।
यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बसेका छन् । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ ।
दुई सचिवालय सदस्यहरु आइसोलनमा बसेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि स्थगित भएको छ । सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज छलफल गरेर आजको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए । –साझापोष्टबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

होम आइसोलेसनमा भिआईपीहरु, को को छन् !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













