काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस व्रिफिङमार्फत मंगलबार थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४ जना महिला र जना ७२५ पुरुष गरी १०६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार १७८ पुगेको बताइएको छ । मंगलबार थप ७६८ उपचार निको भई डिस्चार्ज भएका छन् । योसँगै ५५ प्रतिशत संक्रमित निको भएको उहाँले बताउनुभयो ।
हाल नेपालमा १८ हजार ११२ सक्रिय संक्रमित छन् । आज १२ हजार १७८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । क्वारेन्टाइनमा ७ हजार ३९० रहेका छन् भने होम आइशोलेशनमा ७ हजार २८० रहेका छन् ।
संक्रमित थप १०६९ पुष्टि, कुल साढे ४० हजार बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
